काठमाडौं, २२ वैशाख । नेपाली गायक दिवेश पोखरेल ‘अमेरिकन आइडल २०२०’को १८औं सिजनको शीर्ष १० मा पुग्न सफल भएका छन् ।
पोखरेल जोन डेन्भरको ‘टेक मी होम, कन्ट्री रोड्स’ बोलको गीत गाएर आइडलको १८औं सिजनको शीर्ष १० मा पुग्न सफल भएका हुन् ।

सामाजिक संजाल फेसबुकमार्फत् दिवेशले आफू अमेरिकन आइडलको टप टेनमा पुगेको जानकारी दिएका हुन् । उनले आफूलाई भोट गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् ।



