काठमाडौं,५ जेठ। नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको टप ५ मा प्रवेश गर्न सफल भएका छन् ।
पोखरेलले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् ।

टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ ।
कोरोना भाइरसको महामारीको कारण प्रतियोगीले घरबाटै गाउन सक्ने व्यवस्था मिलाइएको छ ।



