कालापानीमा भारतले बनाएको सडकबारे नेपालीहरू केका लागि विरोध गरिरहेको ? : भारतीय प्रधानसेनापति

`

     २०७७ ज्येष्ठ ०३ गते १:१९

काठमाडौँ, ३ जेठ । भारतका प्रधानसेनापति मनोज मुकुन्द नरवानेले कालापानी क्षेत्रमा भारतले बनाएको सडकबारे नेपाले अरु कुनै मुलुकको इसारामा उचेलेको आरोप लगाएका छन् ।

नरवानेले सडकबारे आपत्ति जनाउनु पर्ने कुनै कारण नभएको बताएका छन् । उनले कालापानी क्षेत्रमा नेपाली पक्षले आपत्ति जनाउनु पर्ने कुनै कारण नभएको बताउदै  चीनको निर्देशनमा नेपालमा विरोध भएको दाबी गरेका हुन् ।

भारतीय रक्षा मन्त्रालयअन्तर्गतको थिंक ट्यांक द मनोहर पर्रिकार इन्स्टिच्युट अफ डिफेन्स स्टडिज एन्ड एनालाइसिस (आइडिएसए) ले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानसेनापति नरवानेले सो बताउदै यसमा मैले कुनै विरोधाभाष देखेको छैन ।

कालापानीपूर्वको भू–भाग नेपालको हो, रोड नदीभन्दा पश्चिम छ, नेपालीहरू केका लागि विरोध गरिरहेका आफूले बुझ्न नसकेको प्रधानसेनापति नरवाने बताएका छन् । भारतका रक्षा मन्त्री राजनाथ सिंहले गत साता धार्चुलाबाट मानसरोवर जोड्ने सडकको ट्र्याकको उद्घाटन गरेपछि नेपालले त्यसको विरोध गर्दे आएको छ।

भारतले नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र अतिक्रमण गरी सडक निर्माण गरेको विषयमा नेपाल सरकारले आपत्ति जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?