काठमाडौं, १८ वैशाख। बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ ।
कपुरको निधन ६७ वर्षको उमेरमा बिहीबार निधन भएको हो । उनको निधन क्यान्सरबाट भएको छ । उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।
क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या भएको ऋषिलाई अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए ।

भारतले दुई दिनमा दुई जना कलाकार गुमाएका छन् । हिजो मात्र इमरनखानको निधन भएको थियो ।



