advertisement

दुर्गेशले सोमबार सार्वजनिक गरेको गीतमा हजारभन्दा बढी प्रतिक्रिया आएका छन् । तीमध्ये केहीले यो गीत निकै दमदार भए पनि त्यसमा प्रयोग भएको शब्द नपच्ने खालको भनेका छन । गीतको श्रोता र दर्शक १८ वर्षका मात्र हुँदैनन् एक जना उनका फ्यानले लेखेका छन् ।

‘दुर्गेश थापाको नयाँ गीत आएको रैछ, यसो सुनेको संसारकै उत्कृष्ट लिरिक्स रहेछ, अन्तर्राष्ट्रिय अवार्ड थाप्नुहुने भयो,’ एक प्रयोगकर्ताले फेसबूकमा लेखेकी छिन्, ‘यस्तो गीत गाउनुभन्दा मागेर खानु राम्रो ।’

युट्युबमा भने धेरैले गीतले मन जितेको पनि बताएका छन् । दुर्गेशका केही डाइहार्ड फ्यानले गीत मन परेको लेखेका छन् । गीतमा राजनीतिक दलका नेतालाई गरिएको ब्यग्यंको भने सबैले समर्थन गरेका छन् । ‘निर्मला पन्तको बारेमा बोलेको राम्रो लाग्यो, गीत त हावा नै हो,’ एक प्रयोगकर्ताले युट्युबमा कमेन्ट गरेका छन् ।

गीतमा प्रयोग गरिएका शब्दलाई लिएर धेरैले विरोध पनि गरेका छन् । यस गीतमा पनि धेरैले अश्लिल शब्द प्रयोग गरिएकाे छ । गीतमा ‘सलमान खानकाे गलफ्रेण्ड मेराे एक्स गलफ्रेण्ड’ भन्दै धेरै अश्लिल शब्द प्रयोग गरिएकाे छ । उक्त गीतकाे भिडियाेमा दुर्गेश थापाकाे एक्स गलफ्रेण्डकाे रूपमा अश्लिल बोल्दै युट्युब भिडियो अन्तर्वार्ता लिने सोनिकालाई देखाइएको छ ।

भिडियाे

" /> सलमान खानकाे गलफ्रेण्ड मेराे एक्स गलफ्रेण्ड : दुर्गेश थापा (भिडियाेसहित) - Sarbocha Media

सलमान खानकाे गलफ्रेण्ड मेराे एक्स गलफ्रेण्ड : दुर्गेश थापा (भिडियाेसहित)

`

     २०७७ वैशाख ०३ गते १२:४५

काठमाडौं, ३ वैशाख । गायक दुर्गेश थापाले भर्खरै नयाँ गीत सार्वजनिक गरेका छन् । हालै ‘द मास्कर’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भएपछि गीतमा मिश्रित प्रतिकृया आएको छ । गीतमा प्रयोग भएको शब्दलाई लिएर केही फ्यानले उनको आलोचना गरेका छन् ।

‘बीच बीचमा’ बोलको गीत गाएर निकै चर्चा कमाएका दुर्गेशलाई उनका फ्यानले एक पटक त्यही गीत राम्रो संग सुन्न सुझाव दिएका छन् । उनले यस अघि गाएको एउटा अर्को गीतले पनि आलोचना सहेको थियो । उनले प्रहरीको हिरासतमा पनि पुग्नु परेको थियो । ‘ह्याप्पी तिहार’ ले उनलाई विवादमा तानिएका थिए । भर्खर सार्वजनिक भएको गीतमा पनि उनका केही दर्शकले प्रतिवन्ध लगाउन माग गरेका छन् ।

‘हयाप्पी तिहार’ बोलको गीतमा प्रयोग गरिएका केही शब्दमा आपत्ति जनाउँदै विरोध भएपछि उक्त गीत उनले युट्युबबाट हटाएर परिमार्जन सहित पुनः सार्वजनिक गरेका थिए ।

advertisement

दुर्गेशले सोमबार सार्वजनिक गरेको गीतमा हजारभन्दा बढी प्रतिक्रिया आएका छन् । तीमध्ये केहीले यो गीत निकै दमदार भए पनि त्यसमा प्रयोग भएको शब्द नपच्ने खालको भनेका छन । गीतको श्रोता र दर्शक १८ वर्षका मात्र हुँदैनन् एक जना उनका फ्यानले लेखेका छन् ।

‘दुर्गेश थापाको नयाँ गीत आएको रैछ, यसो सुनेको संसारकै उत्कृष्ट लिरिक्स रहेछ, अन्तर्राष्ट्रिय अवार्ड थाप्नुहुने भयो,’ एक प्रयोगकर्ताले फेसबूकमा लेखेकी छिन्, ‘यस्तो गीत गाउनुभन्दा मागेर खानु राम्रो ।’

युट्युबमा भने धेरैले गीतले मन जितेको पनि बताएका छन् । दुर्गेशका केही डाइहार्ड फ्यानले गीत मन परेको लेखेका छन् । गीतमा राजनीतिक दलका नेतालाई गरिएको ब्यग्यंको भने सबैले समर्थन गरेका छन् । ‘निर्मला पन्तको बारेमा बोलेको राम्रो लाग्यो, गीत त हावा नै हो,’ एक प्रयोगकर्ताले युट्युबमा कमेन्ट गरेका छन् ।

गीतमा प्रयोग गरिएका शब्दलाई लिएर धेरैले विरोध पनि गरेका छन् । यस गीतमा पनि धेरैले अश्लिल शब्द प्रयोग गरिएकाे छ । गीतमा ‘सलमान खानकाे गलफ्रेण्ड मेराे एक्स गलफ्रेण्ड’ भन्दै धेरै अश्लिल शब्द प्रयोग गरिएकाे छ । उक्त गीतकाे भिडियाेमा दुर्गेश थापाकाे एक्स गलफ्रेण्डकाे रूपमा अश्लिल बोल्दै युट्युब भिडियो अन्तर्वार्ता लिने सोनिकालाई देखाइएको छ ।

भिडियाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?