advertisement

मोदीले सबै जनतालाई कोरोनाभाइरस विरुद्धको लडाईंमा एकजुटता देखाउनका लागि आइतबार राति ९ बजे ९ मिनेटसम्म आफ्नो घरको बत्ती निभाएर ढोका बाहिर बसेर दियो वा मैनबत्ती बाल्न अपिल गरेका थिए ।

" /> मोदीको अपिलमा घरभित्रको बत्ती ननिभाएको कारण चार मुसलमान दाजुभाइमाथि हमला - Sarbocha Media

मोदीको अपिलमा घरभित्रको बत्ती ननिभाएको कारण चार मुसलमान दाजुभाइमाथि हमला

`

     २०७६ चैत्र २५ गते ५:१५

एजेन्सी, २५ चैत । भारतमा हिन्दु छिमेकीले चार मुसलमान दाजुभाइमाथि हमला गरेको छ ।

भारतीय संञ्चारमाध्यमका अनुसार हमलामा चार दाजुभाइ– ३६ वर्षका बशीर खान, ३४ वर्षका सादिक खान, ३२ वर्षका नजिर खान र ३० वर्षका सन्दीप खान घाइते भएका छन् । घाइते उनीहरुको हाल स्थानीय अस्पतालमा उपचारारत छन् ।

चारजनालाई धरिलो हतियारको प्रयोग गरी हमला गरेको जनाइएको छ । भारतको हरियाणाको जिन्द गाउँमा आइतबार राति प्रधानमन्त्री नरेन्द्र मोदीको अपिलमा घरभित्रको बत्ती ननिभाएको र बाहिर बत्ती नबालेका कारण छिमेकीले ती दाजुभाइमाथि हमला गरेको खुलेको छ ।

आइतबार राति प्रधानमन्त्री नरेन्द्र मोदीको अपिलमा घरभित्रको बत्ती ननिभाएको र बाहिर बत्ती नबालेका कारण हिन्दु छिमेकीले चार मुसलमान दाजुभाइमाथि हमला गरेका हुन् ।

advertisement

मोदीले सबै जनतालाई कोरोनाभाइरस विरुद्धको लडाईंमा एकजुटता देखाउनका लागि आइतबार राति ९ बजे ९ मिनेटसम्म आफ्नो घरको बत्ती निभाएर ढोका बाहिर बसेर दियो वा मैनबत्ती बाल्न अपिल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?