एजेन्सी, २३ चैत । कोरोना सङ्क्रमण रोकथामका लागि यूएईको दुबई सहर शनिबार रातिदेखि दुई हप्तका लागि लकडाउन गरिएको छ ।
दुबईमा अब २४ सै घण्टा सरसफाई एवं किटनाशक अभियान सञ्चालन गरिने जनाइएको छ । कोही पनि व्यक्ति अत्यावश्यक बाहेक बाहिर निस्कन पाउनेछैनन् । दुई हप्ताका लागि व्यापार–व्यवसाय, आवातजावत, कलकारखाना, यातायात सबै प्रतिबन्ध लगाएको बताइएको छ।

स्वास्थ संस्था, औषधि पसल, खाद्य सामाग्री आपूर्ति केन्द्रहरु, औषधि कारखाना लगायत अत्यावश्यक क्षेत्र भने खुला नै रहनेछन् । पसलमा सामग्री लिन परिवारबाट एकजना मात्रै बाहिर निस्कन पाइनेछ ।




