काठमाडौं, ४ चैत । भारतीय अभिनेता दिलिपकुमार क्वारेन्टाइनमा बस्ने भएका छन्। उनी कोरोना भाइसविरुद्ध सावधानी अपनाउन क्वारेन्टाइनमा बस्ने भएका हुन् ।
९७ वर्षीय अभिनेता दिलिपलाई श्रीमती सायरले हेरबिचार गरिरेकी छन्। उनी कोरोना भाइसरसको संक्रमण भएर क्यावरेन्टाइनमा बसेका भने होइनन्।

कुमारले कोरोना भाइरसबाट जोगिन सबैलाई अपिल समेत गरेका छन्। भारतमा अहिलेसम्म कोरोना भाइरस १ सय भन्दा बढीमा भेटिएको छ भने २ जनाको ज्यान गइसकेको छ ।




