advertisement

उनले महामारी रोक्न पर्याप्त मात्रामा जनशक्ति परिचालन गरिएको समेत बताएका छन् । उडिसामा महामारीलाई मध्यनजर गर्दै ३१ मार्चसम्मका लागि सम्पूर्ण शैक्षिक संस्था, सिनेमा हल, स्वीमिङ पुलहरु समेत बन्द गर्ने घोषणा यसअघिनै गरिसकिएको छ । भारतमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ७७ जना संक्रमित भएका छन् ।

" /> कोरोनाका कारण भारतको उडिसामा आपतकाल घोषणा - Sarbocha Media

कोरोनाका कारण भारतको उडिसामा आपतकाल घोषणा

`

     २०७६ फाल्गुन ३० गते ८:४०

एजेन्सी, ३० फागुन ।  भारतको उडिसा राज्यमा आपतकाल घोषणा गरिएको छ । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै उडिसा राज्यको मन्त्रिपरिषद बैठकलशुक्रबार आपतकाल घोषणा गरेको हो ।

आपतकाल घोषणा गर्दै उडिसाका मुख्यमन्त्री नविन पटनायकले राज्य विधानसभामा भने, बिहान बसेको मन्त्रिपरिषद बैठकले आपतकालीन ऐन २००५ को प्रावधान अनुसार कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै आपतकाल घोषणा गर्ने निर्णय गरेका छौं ।’

advertisement

उनले महामारी रोक्न पर्याप्त मात्रामा जनशक्ति परिचालन गरिएको समेत बताएका छन् । उडिसामा महामारीलाई मध्यनजर गर्दै ३१ मार्चसम्मका लागि सम्पूर्ण शैक्षिक संस्था, सिनेमा हल, स्वीमिङ पुलहरु समेत बन्द गर्ने घोषणा यसअघिनै गरिसकिएको छ । भारतमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ७७ जना संक्रमित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?