advertisement

ताराहरूको आणविक ऊर्जा सकिएपछि ह्वाईट ड्वार्फ बन्छन्। त्यसो हुँदा भित्री भाग तातो बस्छ भने वरिवरिको वायुमण्डल हराउँछ।

ताराको वायुमण्डलमा भएका गह्रौँ वस्तुहरू भित्री भागमा डुब्छन् भने हलुका वस्तु सतहमा बस्छन्। केही ह्वाईट ड्वार्फमा शुद्ध हाईड्रोजन वा हीलीअम ग्यासयुक्त वायुमण्डल हुन्छ।

job

यो WDJ0551+4135 नाम दिइएको ताराको वायुमण्डलमा कार्बन पाइएको छ। यो अस्वाभाविक हो। वरिक विश्वविद्यालयका डा. मार्क हल्यान्ड्सका अनुसार यो खोजले सूर्यजस्ता तारा मर्ने प्रक्रियाबारे थाहा पाउन सहज हुनेछ।

उनले भने, “यो ताराको सबैभन्दा चाखलाग्दो कुरा भनेको यो सुपरनोभा बनेर विस्फोट हुन नसकेको हो। यति ठूला ह्वाईट ड्वार्फ एकदमै कम छन्।” बीबीसिबाट

" /> २ 'ह्वाईट ड्वार्फ' विस्फोटन भएर बनेको विशाल ताराको वायुमण्डल देखेर वैज्ञानिकहरू चकित - Sarbocha Media

२ ‘ह्वाईट ड्वार्फ’ विस्फोटन भएर बनेको विशाल ताराको वायुमण्डल देखेर वैज्ञानिकहरू चकित

`

     २०७६ फाल्गुन २० गते ९:२२

एजेन्सी, २० फागुन । वैज्ञानिकहरूले यसअघि कहिल्यै थाहा नभएको वायुमण्डलीय संरचना भएको एउटा विशाल तारा पत्ता लगाएका छन् । त्यसको आकृति हिउँ थुपारेर बनाइने ‘स्नोम्यान’को जस्तो छ ।

उक्त तारा हाम्रो सूर्यभन्दा गह्रौँ छ तर त्यसको व्यास पृथ्वीको दुईतिहाइजति मात्रै छ। उक्त खगोलीय पिण्ड दुइटा ‘ह्वाईट ड्वार्फ’ तारा जोडिएर बनेको विश्वास गरिएको छ। शक्तिशाली सुपरनोभाका रूपमा त्यस्ता ताराको विस्फोटन हुन्छ।

advertisement

ताराहरूको आणविक ऊर्जा सकिएपछि ह्वाईट ड्वार्फ बन्छन्। त्यसो हुँदा भित्री भाग तातो बस्छ भने वरिवरिको वायुमण्डल हराउँछ।

ताराको वायुमण्डलमा भएका गह्रौँ वस्तुहरू भित्री भागमा डुब्छन् भने हलुका वस्तु सतहमा बस्छन्। केही ह्वाईट ड्वार्फमा शुद्ध हाईड्रोजन वा हीलीअम ग्यासयुक्त वायुमण्डल हुन्छ।

job

यो WDJ0551+4135 नाम दिइएको ताराको वायुमण्डलमा कार्बन पाइएको छ। यो अस्वाभाविक हो। वरिक विश्वविद्यालयका डा. मार्क हल्यान्ड्सका अनुसार यो खोजले सूर्यजस्ता तारा मर्ने प्रक्रियाबारे थाहा पाउन सहज हुनेछ।

उनले भने, “यो ताराको सबैभन्दा चाखलाग्दो कुरा भनेको यो सुपरनोभा बनेर विस्फोट हुन नसकेको हो। यति ठूला ह्वाईट ड्वार्फ एकदमै कम छन्।” बीबीसिबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?