advertisement

सात जना पुरुष र पाँच महिला रहेको इजलासले सुनुवाइको पाँचौं दिनमा वाइन्स्टिनविरुद्ध फैसला सुनाएको हो। सन् २००६ मा तत्कालीन उत्पादन सहायकलाई कुटपिट गरेको र अभिनेत्री बन्न चाहने एक कलाकारलाई सन् २०१३ मा बलात्कार गरेको आरोपमा अदालतले दोषी ठहर गरेको बीबीसीले जनाएको छ।

वाइन्स्टिनले पल्प फिक्सन, गुड विल हन्टिङ्, द किङ्ग्स स्पीच र शेक्सपियर इन लभ जस्ता ओस्कर जित्न सफल चलचित्रका कारण निकै ख्याति कमाएका थिए।

" /> हलिवुड निर्माता हार्भी बलात्कारसहित कुटपिटको घटनामा दोषी ठहर - Sarbocha Media

हलिवुड निर्माता हार्भी बलात्कारसहित कुटपिटको घटनामा दोषी ठहर

`

     २०७६ फाल्गुन १३ गते ६:४२

एजेन्सी, १३ फागुन । हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कारसहित कुटपिटको घटनामा दोषी ठहरिएका छन्।

६७ वर्षीय वाइन्सटिनलाई अदालतले थर्ड डिग्री बलात्कार र फर्स्ट डिग्री आपराधिक यौन कार्यमा दोषी ठहर गरेको हो। उनले २५ वर्ष सम्मको जेल सजाय पाउन सक्ने बताइएको छ।

वाइन्स्टिनले आरोप लगाउने महिलाहरूलाई ‘साढे दुई करोड डलर तिर्ने सहमति नजिक’ पुगेको जनाइएको छ। सन् २०१३ मा लस एन्जेलसमा दुई जना महिलालाई कुटपिट गरेको समेत उनीमाथि आरोप छ। ग्वेइनेथ प्यालट्रो, उमा थर्मेन र साल्मा हाएक सहित कम्तीमा ८० जनाले उनीमाथि यौन दुर्व्यवहारको आरोप लगाएका छन्।

advertisement

सात जना पुरुष र पाँच महिला रहेको इजलासले सुनुवाइको पाँचौं दिनमा वाइन्स्टिनविरुद्ध फैसला सुनाएको हो। सन् २००६ मा तत्कालीन उत्पादन सहायकलाई कुटपिट गरेको र अभिनेत्री बन्न चाहने एक कलाकारलाई सन् २०१३ मा बलात्कार गरेको आरोपमा अदालतले दोषी ठहर गरेको बीबीसीले जनाएको छ।

वाइन्स्टिनले पल्प फिक्सन, गुड विल हन्टिङ्, द किङ्ग्स स्पीच र शेक्सपियर इन लभ जस्ता ओस्कर जित्न सफल चलचित्रका कारण निकै ख्याति कमाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?