advertisement

उनले आफूलाई एक अपराधीसरह व्यवहार गरिएको बताइन् । उनले आफ्नो पासपोर्ट लिएर एक अधिकारी करिब १० मिनेट बेपत्ता भएको र आएपछि आफूलाई अभद्र व्यवहार गरेको बताएकी छन् ।

" /> बेलायती सांसद अब्राहम्सलाई दिल्ली विमानस्थलमा रोकियो - Sarbocha Media

बेलायती सांसद अब्राहम्सलाई दिल्ली विमानस्थलमा रोकियो

`

     २०७६ फाल्गुन ०६ गते ४:५६

एजेन्सी, ०६ फागुन । बेलायतकी लेबर पार्टीकी एक सांसदको दिल्ली विमानस्थलमा भिसा रद्ध भएको छ । भारतले दिल्ली विमानस्थलमा रोकेर उनको भिसा रद्ध गरिदिएको हो ।

सांसद डेबी अब्राहम्सले काश्मीर मामिलामा भारतले गरेको निर्णयको कठोर आलोचना गरेकी थिइन् । बीबीसीका अनुसार उनी ब्रिटेनको संसदीय समितिकी अध्यक्ष पनि हुन् । उनले दिल्ली विमानस्थलमा आफ्नो भिसा रद्ध गर्नुको कारण माग गरेकी थिइन् ।

advertisement

उनले आफूलाई एक अपराधीसरह व्यवहार गरिएको बताइन् । उनले आफ्नो पासपोर्ट लिएर एक अधिकारी करिब १० मिनेट बेपत्ता भएको र आएपछि आफूलाई अभद्र व्यवहार गरेको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?