advertisement

भागदौडमा मृत्यु भएकामध्ये अधिकांश महिला र बालबालिका रहेको अस्पताल स्रोतलाइ उद्धृत गर्दै समाचार एजेन्सीहरूले बताएका छन् ।

" /> रासन वितरण : भागदौड मच्चिँदा कम्तीमा २० को ज्यान गयाे - Sarbocha Media

रासन वितरण : भागदौड मच्चिँदा कम्तीमा २० को ज्यान गयाे

`

     २०७६ फाल्गुन ०६ गते २:११

एजेन्सी, ६ फागुन । नाइजरमा द्वन्द्वबाट विस्थापित नागरिकहरूलाई सहयोगमा आएको खाद्यान्न वितरणका समयमाभागदौड हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । सोमबार उक्त घटना भएको त्यहाँको प्रहरीले जनाएको छ ।

सहयोगी गैरसरकारी संस्थाले भनेका छन्, “रासन वितरण भइरहेका समय एक्कासी भागदौड मच्चिएको र उक्त घटनामा २० जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।”

advertisement

भागदौडमा मृत्यु भएकामध्ये अधिकांश महिला र बालबालिका रहेको अस्पताल स्रोतलाइ उद्धृत गर्दै समाचार एजेन्सीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?