एजेन्सी, ४ फागुन । इराकमा रहेको अमेरिकी दूवातावमा हवाई हमला भएको छ । आइतबार बिहानै केही रकेट प्रहार भएको अमेरिकी सैन्य स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले खबर दिएको छ।

आक्रमणका कारण कति क्षति भयो र कति रकेट प्रहार गरिएको थियो भन्नेबारेस्पष्ट भएको छैन । आक्रमण कसले गरेको भन्ने पुष्टि भएको छैन । अमेरिकाले भने इराक आक्रमणमा इरान समर्थित समूहको हात रहेको दाबी गरेको छ।
गत जनवरी ३ मा अमेरिकाले इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानीको हत्या गरेको थियो। त्यसको आक्रोशमा इरानले ८ जनवरीमा इराकमा रहकेका दुई अमेरिकी सेनाको आधार शिविरमा मिसाइल आक्रमण गरेको थियो।



