काठमाडौं, ३ फागुन। अभिनेत्री रिश्मा गुरुङ (मैयाँ) प्रेमी सन्दिप गुरुङसँग बैबाहिक जीवनमा बाँधिएकी छन् ।
रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘कबड्डी’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी रिश्माले सन्दिपसँग शुक्रबार पोखरामा लगनगाँठो कसेकी हुन् । दुलहा र दुलही पक्षका परिवारको उपस्थितिमा उनीहरुको विवाह सम्पन्न भएको बताइएको छ ।

रिश्माले ‘कबड्डी’ को दुई सिरिजमा प्रमुख भूमिका निर्वाहा गरेकी थिइन् । ‘कबड्डी’ को तेस्रो सिरिजमा भने उनले सानो भूमिका मात्र निभाएकी थिइन् ।




