बसको ठक्करबाट स्कुटरमा सवार अभिनेत्री महिमा र उनकी बहिनीको ज्यान गयाे

`

     २०७६ फाल्गुन ०१ गते ४:३४

काठमाडौं, ०१ फागुन । अभिनेत्री महिमा सिलवाल र उनकी बहिनी शर्मिलाको बसको ठक्करबाट ज्यान गएको छ।

बुधबार साँझ धादिङको गजुरी गाउँपालिका– २, चाम्बासमा बससँग ठोक्किएर स्कुटरमा सवार सिलवाल दिदी–बहिनीको ज्यान गएको बताइएको छ। चितवनको भरतपुर महानगरपालिका– १३, गीतानगरका महिमाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी र बहिनीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।

काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस र महिमा र उनकी बहिनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटर ठोक्किएका प्रहरीले बताएको छ। बससहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?