advertisement

सोही फिल्मका निर्देशक बोङ जुन–होले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन्। प्यारासाइटले ‘उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म’को अवार्डका साथै बेस्ट अरिजिनल स्क्रिनप्ले अवार्ड समेत हात पारेको छ ।

प्यारासाइटपछि ‘१९१७’ ले ३ विधामा अवार्ड जितेको छ। त्यस्तै, जोकर, फोर्ड भर्सेज फेरारी र वान्स अपन अ टाइम इन हलिउडले २२ वटा हवार्ड जितेका छन्।

" /> कोरियन फिल्म ‘प्यारासाइट’ले जित्याे ओस्कार अवार्ड - Sarbocha Media

कोरियन फिल्म ‘प्यारासाइट’ले जित्याे ओस्कार अवार्ड

`

     २०७६ माघ २७ गते ७:१२

एजेन्सी, २७ माघ । ओस्कार अवार्डमा दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ले उत्कृष्ट फिल्मको अवार्ड जितेर इतिहास रचेको छ।  ‘पारासाइट’ ले ओस्करमा ‘बेस्ट फिल्म’ सहित सर्वाधिक ४ विधामा अवार्ड जितेको हो ।

‘प्यारासाइट’ गैर–अंग्रेजी भाषामा ओस्कार जित्ने पहिलो चलचित्र बनेको छ । ओस्कारको ९२ संस्करणको इतिहासमा कुनै पनि विदेशी भाषाको सिनेमाले उत्कृष्ट सिनेमाको ओस्कार जितेको छैन।

पारासाइटले ‘फोर्ड भर्सेज फरारी’, ‘द आइरिसम्यान’, ‘जोजो र्‌याबिट’, ‘जोकर’, ‘लिटिल वुमेन’, ‘म्यारिज स्टोरी’, ‘वान्स अपन अ टाइम इन हलिउड’ र ‘१९१७’ लाई पछि पार्दै उत्कृष्ट फिल्मको अवार्ड जितेको हो।

advertisement

सोही फिल्मका निर्देशक बोङ जुन–होले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन्। प्यारासाइटले ‘उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म’को अवार्डका साथै बेस्ट अरिजिनल स्क्रिनप्ले अवार्ड समेत हात पारेको छ ।

प्यारासाइटपछि ‘१९१७’ ले ३ विधामा अवार्ड जितेको छ। त्यस्तै, जोकर, फोर्ड भर्सेज फेरारी र वान्स अपन अ टाइम इन हलिउडले २२ वटा हवार्ड जितेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?