काठमाडौं, २१ माघ । केन्याका पूर्वराष्ट्रपति ड्यानियल आराप मोईको ९५ वर्षको उमेरमा निधन भएको छ ।
मोईको निधनमा राष्ट्रपति कार्यालयले गहिरो दुःख व्यक्त गदै विज्ञप्ती जारी गरेको छ। केन्याको राजनीतिमा ड्यानियलको महत्वपूर्ण योगदान रहेको भन्दै निधनमा केन्या स्तब्ध भएको जनाएको छ । केन्याको दोस्रो राष्ट्रपति बनेका उनले सन् १९७८ देखि २००२ सम्म २४ वर्ष शासन गरेका थिए।

केन्याका गृहमन्त्री समेत रहेका मोईको जन्म सन् १९२४ सेप्टेम्बर २ मा केन्याको साचो बारिङ्गोमा भएको थियो।



