advertisement

सन् २०१५ को पेरिस सम्झौता जलवायु सङ्कटबाट बच्नको लागि महत्वपूर्ण कदम थियो । यसमा गरिब र धनी दुवै राष्ट्रका वर्षाको बदलिँदो शैली, बढिरहेको विश्वको तापक्रम कटौति गर्न कदम चालिएको थियो, जसको माध्यमबाट हिउँ पग्लिने क्रमलाई रोक्न सकिन्थ्यो ।

" /> १७ वर्षीया किशाेरी नाेबेल शान्ति पुरस्कारका लागि मनाेनित - Sarbocha Media

१७ वर्षीया किशाेरी नाेबेल शान्ति पुरस्कारका लागि मनाेनित

`

     २०७६ माघ २० गते २:२७

एजेन्सी, २० माघ । स्विडेनका दुई जना सांसदले आफ्नो देशको जलवायु परिवर्तनलाई लिएर लड्ने १७ वर्षीया अभियन्ता ग्रेटा थनबर्गलाई सन् २०२० को नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेका छन् ।

लेफ्ट पार्टीका सदस्य जेन्स होम र हकन सवेन्नलिङले सोमबार भने, ‘थनबर्गले जलवायु सङ्कट उत्सर्जनलाई कम गर्न राजनीतिज्ञको आँखा खोल्न र पेरिस सम्झौताको पालना गर्न कठोर मेहनत गरेकी छिन्, जुन कदम शान्तिको लागि पहल हो ।’

गएको वर्ष पनि स्विडेनका तीन जना सांसदले ग्रेटा थनबर्गको नाम नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेका थिए । तर सन् २०१९ को नोबेल शान्ति पुरस्कार इथोपियाका प्रधानमन्त्री अबी अहमदले प्राप्त गरेका थिए ।

advertisement

सन् २०१५ को पेरिस सम्झौता जलवायु सङ्कटबाट बच्नको लागि महत्वपूर्ण कदम थियो । यसमा गरिब र धनी दुवै राष्ट्रका वर्षाको बदलिँदो शैली, बढिरहेको विश्वको तापक्रम कटौति गर्न कदम चालिएको थियो, जसको माध्यमबाट हिउँ पग्लिने क्रमलाई रोक्न सकिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?