काठमाडौं, १३ माघ । गायिका आस्था राउत आज बिहान आफै प्रहरी समक्ष उपस्थित भएकी छन् । गायिका राउतमाथि केही दिनअघि त्रिभुवन विमानस्थलको सुरक्षामा खटिएकी प्रहरी जवान रमिशा श्रेष्ठले उजुरी दिएकी थिइन् ।
प्रहरी जवान श्रेष्ठले आफुमाथि दुर्व्यवाहार गरेको भन्दै उजुरी दिएकी थिइन् । उक्त उजुरीपछि राउत प्रहरीसामु नाएपछि उनलाई फरार सूचीमा राखिएको थियो ।
राउतले भने बारमबार आफूमाथि प्रहरीले दुर्व्यवाहार गरेको भन्दै आएकी छन् । प्रहरीले दुर्व्यवाहार गरेको भन्दै उनले सामाजिक संजालमा प्रहरीमाथि गाली गलौज गरेकी थिइन् ।

प्रहरीमाथि गाली गलौचाको गरेकी गायिका राउतलाई गएको माघ १३ गते पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमती दिएको थियो ।कानूनी प्रकृयामा आफू जान तयार रहेको भन्दै गायिका राउत सोमबार बिहान आँफै प्रहरी समक्ष उपस्थित भएकी छिन् ।
प्रहरीले विमानस्थलमा भएको उक्त घटनाको भिडियो फुटेज पनि सार्वजनिक गरिसकेको छ । फुटेजमा सामान्य विवाद भएको देखिन्छ । घटनाबारे अध्यायन गरी कारवाही अघि बढाइने जनाइएको छ ।
सम्बन्धित समाचारहरु
प्रहरीले दुर्व्यवहार गरेको भन्दै गायिका आस्था राउतले गरिन् गाली
गायिका राउतविरुद्ध औपचारिक रुपमै उजुरी दर्ता, कारवाही प्रकृया अगाडि बढ्दै
आस्थालाई दिपकको यस्तो पत्र-यो देशमा नेता मात्रै भीआईपी हो, हामीले
आस्था राउतलाई राजेश पायलकाे सुझाव- ठुली भइसक्यौँ धेरै रुन्ची नबन, साहरुखलाई त कट्टुमै चेक गरेको थियो




