advertisement

सामाजिक विषय वस्तुमा नै आधारित फिल्म ‘के घर के डेरा’ अबको केही हप्ताभित्र छायाङ्कन सुरु गरिने भनिएको छ ।चलचित्रलाई सुव्रतराज आचार्यले निर्देशन गर्दै छन् , भने स्क्रिप्टलाई सफल केसी र प्रतीक गुरुङले संयुक्त रूपमा तयार पारेको बताइएको छ।

" /> ‘के घर के डेरा’ मा दयाहाङ र विपिनले अभिनय गर्दै - Sarbocha Media

‘के घर के डेरा’ मा दयाहाङ र विपिनले अभिनय गर्दै

`

     २०७६ माघ १२ गते ६:०७

काठमाडौं, १२ माघ । चलचित्र अभिनेता दयाहाङ राई र विपिन कार्कीले फेरि संगै फिल्म खेल्ने भएका छन् । ‘लुट’ बाट पर्दामा एकसाथ देखिन सुरु गरेका उनीहरु ‘के घर के डेरा’ मा संगै देखिने भएका हुन् ।

लुट पछि ‘लुट २’ र ‘जात्रै जात्रा’ मा सँगै देखिएका थिए दयाहाङ र विपिन । चलचित्रलाई सिङ्गे लामाले निमार्ण गर्न लागेका हुन् । दर्शकको चाहनालाई पुरा गर्दै दयाहाङले साइन गरिसकेका छन् भने विपिनले पनि मौखिक रूपमा सहमति जनाइसकेका छन् ।

advertisement

सामाजिक विषय वस्तुमा नै आधारित फिल्म ‘के घर के डेरा’ अबको केही हप्ताभित्र छायाङ्कन सुरु गरिने भनिएको छ ।चलचित्रलाई सुव्रतराज आचार्यले निर्देशन गर्दै छन् , भने स्क्रिप्टलाई सफल केसी र प्रतीक गुरुङले संयुक्त रूपमा तयार पारेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?