काठमाडौं, १० माघ । संयुक्त राज्य अमेरिकामा बेरोजगारको संख्या सामान्य बढेको तथ्याङ्क आएको छ ।
अमेरिकी श्रम विभागका अनुसार गएको साता बेरोजगारको संख्यामा सामान्य वृद्धि भएको छ। बेरोजगार भत्ता लिन आवेदन दिनेहरु अघिल्लो साताको तुलनामा ६ हजारले बढेकाे जनाइएको छ।

बेरोजगारको संख्या बढेको विवरण बिहीबार सार्वजनिक भएको थियो । बेरोजगार भत्ताका लागि आवेदन दिनेको संख्या जनवरी १८ को अन्त्यमा दुई लाख ११ हजार पुगेको उल्लेख छ ।
अमेरिकी श्रम बजारमा बेरोजगारको संख्या सरकारी अनुमान तीन लाखभन्दा मुनि रहेको छ ।




