एजेन्सी, ६ माघ । स्विट्जरल्याण्डका वैज्ञानिकहरूले प्लास्टिकबाट सुन उत्पादन गरेका छन् । उनीहरुले स्टिकबाट १८ क्यारेटको सुन उत्पादन गरेका हुन् ।
advertisement
प्लास्टिकबाट सुन बनाइएको यो पहिलो घटना हो । स्विस विश्वविद्यालय इटिएच ज्यूरिचका वैज्ञानिक राफेल मेजेन्गाका अनुसार प्लास्टिकबाट बनेको सुन परम्परागत १८ क्यारेटको सुनभन्दा झण्डै १० गुणा हलुका छ । सुनको परम्परागत मिश्रणमा तीन चौथाइ सुन तथा एक चौथाइ तामा हुन्छ । जसको घनत्व १५ ग्राम प्रति घनसेन्टी मिटर हुन्छ ।
स्टिकबाट बनेको सुनको घनत्व मात्र १ दशमलव ७ ग्राम प्रतिघन सेमी रहेको छ । प्लास्टिकबाट सुन बनाउनका लागि वैज्ञानिकहरूले सुनको न्यानो क्रिस्टल, प्रोटिन फाइबर तथा पानी र नुनको साथ एक पोलिमर लेटेक्सको घोल तयार गरेका थिए ।
उक्त घोललाई कार्वनडाइअक्साइड ग्यासको उच्च दबाबबाट प्रवाहित गरी त्यसलाई ठोस पदार्थमा परिणत गरियो । फोहरबाट उत्पादान गरिएको सुनको चमक पूर्ण रूपमा सक्कली सुनजस्तै छ तर वजन निकै हल्का छ ।




