advertisement

‘यस्तो हुनुहुँदैनथ्यो। यो गल्ती फेरि नदोहोरिने गरी सुधार गरिएको छ’, उनले भने।

फेसबुकले सि को नाम डाटाबेसमा नराखेकोले यो गल्ती भएको स्वीकार गर्दै माफी मागेको हो। आइतबार देखिनै म्यानमार सरकार तथा सूचीको फेसबुकमा बर्मेली भाषाको अंग्रेजी अनुवादका सिस्टमले काम गरिरहेको छैन।

म्यानमारको आधिकारिक भाषा बर्मेली हो। यहाँका दुई तिहाईभन्दा बढी जनसंख्या बर्मेली भाषा बोल्छन्।

" /> चिनियाँ राष्ट्रपति सि-चिनफिङसँग फेसबुकले माग्यो माफी - Sarbocha Media

चिनियाँ राष्ट्रपति सि-चिनफिङसँग फेसबुकले माग्यो माफी

`

     २०७६ माघ ०५ गते २:१४

एजेन्सी, ५ माघ । चिनियाँ राष्ट्रपति सि चिनफिङ दुई दिने भ्रमणमा अहिले म्यानमारमा छन्। शनिबार राष्ट्रपति सिले म्यानमारकी नेतृ आङसाङ सूचीसँग भेटवार्ता गरेका थिए।

उक्त भेटपछि नेतृ सूचीले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा बर्मेली भाषामा भेटको खबर पोस्ट गरिन्। उनले राष्ट्रपति सिलाई सम्बोधन गर्दै गरेको उक्त पोस्टमा सिको अंग्रेजी अनुवाद भने अर्कै भएको छ।

फेसबुकले बर्मेली भाषमा लेखिएको सिलाई अंग्रेजीमा शितोले बनाइदिएको थियो। फेसबुकले प्रविधिक कारणले गर्दा यस्तो भएको बताएको छ।

फेसबुकका प्रवक्ता एन्डी स्टोनले बर्मेली भाषाबाट अंग्रेजीमा गलत अनुवाद प्रविधिक कारणले भएको भन्दै अहिले त्यो समाधान गरिएको बताए।

advertisement

‘यस्तो हुनुहुँदैनथ्यो। यो गल्ती फेरि नदोहोरिने गरी सुधार गरिएको छ’, उनले भने।

फेसबुकले सि को नाम डाटाबेसमा नराखेकोले यो गल्ती भएको स्वीकार गर्दै माफी मागेको हो। आइतबार देखिनै म्यानमार सरकार तथा सूचीको फेसबुकमा बर्मेली भाषाको अंग्रेजी अनुवादका सिस्टमले काम गरिरहेको छैन।

म्यानमारको आधिकारिक भाषा बर्मेली हो। यहाँका दुई तिहाईभन्दा बढी जनसंख्या बर्मेली भाषा बोल्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?