advertisement

भारतको केरलामा बनाइएको विश्वकै लामो केकको लम्बाई साढे ६ किलोमिटर रहेको छ । उक्त केक ४ घण्टामा बनाइएको जनाइएको छ । १५ सय जना वेकर र सेफहरु मिलेर बनाइएको लामो केकले यसअघि चीनले राखेको ३ दशमलव २ किलोमिटर लामो फ्रुट केकको रेकर्ड पनि तोडिएको छ । उक्त केक हजारौं टेबल र डेस्कहरु जोडेर त्यसमाथि बनाइएको थियो ।

त्यस दौरानमा वेकर र सेफहरुले सेतो टी सर्ट र एप्रोन लगाएका थिए । त्यो कके बनाउनका लागि करिब १२ हजार किलोग्राम शख्कर र आटा प्रयोग भएको थियो । वैकर्स एसोसिएसन केरलाले सो केक बनाएको हो । एसोसिएसनका सचिव नौसादका अनुसार गिनीज वल्र्ड रेकर्डस्ले त्यो केक नाप्दा त्यसको लम्बाई करिब ६ हजार ५०० मिटर लामो थियो । अहिलेसम्म गिनीजले त्यसलाई आधिकारिक रुपमा प्रमाणित चाहिँ गरिसकेको छैन ।

उनले विश्वलाई आफूहरुको कौशल देखाउन सो केक बनाइएको र त्यो बनाउने क्रममा स्वाद, गुणस्तर र सरसफाइलाई पूरै ख्याल गरिएको पनि बताएका छन् । सन् २०१८ मा चीनका बेकर इन जिझीले ३.२ किलोमिटर लामो केक बनाएर संसारकै सबैभन्दा ठूलो केकको उपाधि हासिल गरेका थिए ।

" /> १५ सय वेकर र सेफहरु मिलेर बनाए विश्वकै सबैभन्दा लामो केक - Sarbocha Media

१५ सय वेकर र सेफहरु मिलेर बनाए विश्वकै सबैभन्दा लामो केक

`

     २०७६ माघ ०५ गते ४:३८

एजेन्सी,५माघ । विश्वमा अनौँठो विषयवस्तुहरु हुन्छन्। त्यसमध्य विश्वकै सबैभन्दा लामो केक पनि एक हो ।

advertisement

भारतको केरलामा बनाइएको विश्वकै लामो केकको लम्बाई साढे ६ किलोमिटर रहेको छ । उक्त केक ४ घण्टामा बनाइएको जनाइएको छ । १५ सय जना वेकर र सेफहरु मिलेर बनाइएको लामो केकले यसअघि चीनले राखेको ३ दशमलव २ किलोमिटर लामो फ्रुट केकको रेकर्ड पनि तोडिएको छ । उक्त केक हजारौं टेबल र डेस्कहरु जोडेर त्यसमाथि बनाइएको थियो ।

त्यस दौरानमा वेकर र सेफहरुले सेतो टी सर्ट र एप्रोन लगाएका थिए । त्यो कके बनाउनका लागि करिब १२ हजार किलोग्राम शख्कर र आटा प्रयोग भएको थियो । वैकर्स एसोसिएसन केरलाले सो केक बनाएको हो । एसोसिएसनका सचिव नौसादका अनुसार गिनीज वल्र्ड रेकर्डस्ले त्यो केक नाप्दा त्यसको लम्बाई करिब ६ हजार ५०० मिटर लामो थियो । अहिलेसम्म गिनीजले त्यसलाई आधिकारिक रुपमा प्रमाणित चाहिँ गरिसकेको छैन ।

उनले विश्वलाई आफूहरुको कौशल देखाउन सो केक बनाइएको र त्यो बनाउने क्रममा स्वाद, गुणस्तर र सरसफाइलाई पूरै ख्याल गरिएको पनि बताएका छन् । सन् २०१८ मा चीनका बेकर इन जिझीले ३.२ किलोमिटर लामो केक बनाएर संसारकै सबैभन्दा ठूलो केकको उपाधि हासिल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?