advertisement

प्रशिक्षार्थीको रुपमा नासामा काम गरेको वुल्फ कुकिअरले तीन दिनमै नयाँ ग्रह पत्ता लगाएको बिबिसीले जनाएको छ। शक्तिशाली भूउपग्रहबाट आएका तस्बिरहरु हेरिरहँदा वुल्फले अचानक अनौठो चिज देखेपछि यसबारे खोजी गर्दा ग्रहको पुष्टि भएको जनाइएको छ । उक्त अनौठो वस्तु १ हजार ३ सय प्रकास वर्ष टाढा रहेको समाचार नासाले पुष्टि गरेको छ ।

वुल्फ कुकिअरले दुई महिना नासामा प्रशिक्षार्थीको रुपमा काम गरेर विद्यालय फर्किसकेका छन् । बीबीसीका अनुसार उनले पत्ता लगाएको नयाँ ग्रह पृथ्वी भन्दा ६ दशमलव ९ गुणा ठूलो रहेको छ। जुन बस्नयोग्य नभएको र तरल पदार्थले भरिएको अनुमान गरिएको छ ।

" /> एक स्कुले विद्यार्थीले तीन दिनमै पत्ता लगाए पृथ्वी भन्दा ६ दशमलव ९ गुणा ठूलो नयाँ ग्रह - Sarbocha Media

एक स्कुले विद्यार्थीले तीन दिनमै पत्ता लगाए पृथ्वी भन्दा ६ दशमलव ९ गुणा ठूलो नयाँ ग्रह

`

     २०७६ माघ ०५ गते १:०२

एजेन्सी, ०५ माघ । अमेरिकी अन्तरिक्ष संस्था नासामा प्रशिक्षार्थीको रुपमा काम गरेका एक १७ वर्षीय किशोरले अन्तरिक्षमा नयाँ ग्रह पत्ता लगाएका छन् । नासामा प्रशिक्षार्थीको रुपमा छोटो समय काम गरेर नयाँ ग्रह पत्ता लगाउने वुल्फ कुकिअर एक स्कुले विद्यार्थी हुन्।

advertisement

प्रशिक्षार्थीको रुपमा नासामा काम गरेको वुल्फ कुकिअरले तीन दिनमै नयाँ ग्रह पत्ता लगाएको बिबिसीले जनाएको छ। शक्तिशाली भूउपग्रहबाट आएका तस्बिरहरु हेरिरहँदा वुल्फले अचानक अनौठो चिज देखेपछि यसबारे खोजी गर्दा ग्रहको पुष्टि भएको जनाइएको छ । उक्त अनौठो वस्तु १ हजार ३ सय प्रकास वर्ष टाढा रहेको समाचार नासाले पुष्टि गरेको छ ।

वुल्फ कुकिअरले दुई महिना नासामा प्रशिक्षार्थीको रुपमा काम गरेर विद्यालय फर्किसकेका छन् । बीबीसीका अनुसार उनले पत्ता लगाएको नयाँ ग्रह पृथ्वी भन्दा ६ दशमलव ९ गुणा ठूलो रहेको छ। जुन बस्नयोग्य नभएको र तरल पदार्थले भरिएको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?