काठमाडौं, १ माघ । रेखा फिल्म ब्यानरमा नयाँ चलचित्र बन्ने भएको छ । चलचित्रमा रेखा थापा, सौगात मल्ल र दयाहाङ्ग राईले मुख्य भूमिका निभाउने पक्का भएको छ ।
advertisement
चलचित्रलाई सवीर श्रेष्ठको निर्देशन गर्नेछन् । चलचित्रको पटकथा जगदीश्वर थापाको रहनेछ । तर नाम भने फाइनल नभएको बताइएको छ । केही समय अगाडि रेखाले अर्को एक चलचित्रको निर्माण घोषणा गरेकी थिइन् ।
रेखाले निर्माण घोषणा गरेकी चलचित्रको निर्देशन रेनेशा बान्तवा राईले गर्ने पक्का भएको थियो । उनी यतिबेला ‘आई एम ट्वान्टीवान’का लागि व्यस्त छिन् ।
रेनिशासंगको सहाकार्यमा रेखाको चलचित्र नबन्ने भएपछि रेखो नयाँ चलचित्र बनाउनतिर लागेकी छिन् । निर्माण गर्न लागेको नयाँ चलचित्र २०७७ सालको लक्ष्मीपूजामा प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ ।



