न्यूयोर्क, १ माघ । भारतले नेपालको भू–भाग मिचेकोविरुद्ध अमेरिकामा पनि नेपालीहरुले विरोध प्रदर्शन गरेका छन् । भारतले आफ्नो नक्सामा समावेश गरिएको नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता माग्दै नेपालीहरुले विश्वका विभिन्न ठाउँहरुबाट विरोध प्रदर्शन गर्दै आएका छन् । यसैक्रममा अमेरिकामा रहेका नेपालीले पनि राष्ट्रिय संघ मुख्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।

भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमणविरुद्ध अमेरिकामा रहेका नेपालीले अमेरिकाको राष्ट्रिय संघ मुख्यालय अगाडि मंगलबार प्रदर्शन गरेका हुन् । नेपालीहरुले विरोध प्रदर्शन गर्दै ‘प्लिज लिसन युनाइटेड नेसन, स्टप इनक्रसमेन्ट, ब्याक अफ इन्डिया र जय स्वभिमान जस्ता नारा लगाएका थिए । प्रर्दशनमा न्युयोर्क र आसपासका नेपालीहरुको सहभागिता थिायो ।
राष्ट्रिय संघ मुख्यालय अगाडि रहेको राल्फ पार्कमा भएको विरोध कार्यक्रममा सीमाविद बुद्धिनारायन श्रेष्ठले नेपालको तर्फबाट लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा तत्काल सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।
प्रदर्शनपछि राष्ट्रिय संघका महासचिब एन्टोनियो गुटेर्रेसलाई प्रवक्त मार्फत् ज्ञापन–पत्र समेत बुझाइएको छ । ज्ञापन–पत्रमा भारतीय पक्षले सार्वजनिक गरेका नक्सामा नेपालको भू–भाग समेटिएको भन्दै त्यसलाई सच्याउन सकरात्मक भूमिका खेल्न संघलाई आग्रह गरिएको छ ।




