स्कुल र कलेजका विद्यार्थीले ग्राजुएट हुन रूख रोप्नै पर्ने

`

     २०७६ मंसिर १७ गते ४:०३

फिलिपिन्स सरकारले प्राथमिक विद्यालय, उच्च माध्यमिक विद्यालय र कलेजका सबै विद्यार्थीले ग्राजुएट हुन रूख रोप्नु पर्ने कानुन पास गरेको छ। जस अनुसार प्रत्येक विद्यार्थीलेआफू ग्राजुएट हुन कम्तीमा दश वटा रूख रोप्नै पर्ने हुन्छ ।

पास गरिएको कानुन अनुसार अनुसार विद्यार्थीले रुखहरू जङ्गल, सहरी क्षेत्र, प्रयोगमा नआएका खानी उत्खनन क्षेत्र वा आदिवासी क्षेत्रमा रोप्न सक्नेछन्। त्यसै गरी रूख रोपिने क्षेत्र मौसमका लागि पनि उपयुक्त हुनुपर्नेछ। विशेष गरी स्वदेशी प्रजातिका रूखलाई प्राथमिकता दिइनेछ।

बिग्रँदो पर्यावरणले द्रुत गतिमा ल्याउँदै गरेको विश्वको अनिश्चित भविष्यको अगाडी यो प्रयास सानो भए पनि महत्त्वपूर्ण भने अवश्य रहेको छ ।

विश्वको शिक्षण पद्धति प्रकृति उन्मुख र व्यवहारिक हुनुपर्ने कुराको यो एउटा महत्त्वपूर्ण उदाहरण हो ।

रूख रोपौँ, विश्व जोगाऔँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?