काठमाडौँमा हालै जारको पानीको अनुगमन गरिएको छ । जस अनुसार जारको पानी पिउन अनुपयुक्त रहेको निष्कर्ष निकालिएको छ ।
पानीको विक्रेताले पानीको प्रशोधनमा न्यूनतम मापदण्ड नै पुरा नगरेको पाइएको छ । उनीहरूले पर्याप्त प्रशोधन बिनै पानी उपभोक्तामाझ पु¥याउने गरिएको तथ्याङ्क खुलेको हो ।
अनुगमन काठमाडौँ जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको थियो । अनुगमन टोलिका संयोजक तथा जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रशासकीय अधिकृत खड्ग बहादुर श्रेष्ठले पानी बेच्ने कम्पनीको सम्बन्धमा उजुरी परेको र सो अनुसार अनुगमन जारी रहेको बताए । श्रेष्ठले दोषीलाई कारबाहीको दायरामा ल्याउने बताए ।
उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड नगरौँ । यस्ता दोषी उत्पादक हरूलाई कडा भन्दा कडा कारबाही गरौँ ।



