सरकारले मिचिएको सीमा सम्बन्धी ठोस् पहलकदमी लिन सकेन भनेर जताततैबाट आरोप लागि रहेका बेला सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले देशको एक इन्च जमिन पनि नछाड्ने बताएका छन् ।
अध्यक्ष प्रचण्डले सरकारले कूटनीतिक पहल सुरु गरिसकेको र नेपालको भूमि फिर्ता भएरै छाड्ने दाबी गरे । प्रचण्डले सीमा विवादको सम्बन्धमा असान्दर्भिक टिप्पणी नगर्न पनि आग्रह गरेका छन् ।
पार्टी एकता प्रधानमन्त्री पदको लागि नभएर देशको समृद्धि, सुशासन, स्थायित्व र विकास मार्फत नयाँ नेपाल निर्माणको लागि भएको बताउँदै प्रचण्डले त्यसको लागि पार्टी एकता मुख्य आधार भएको स्पष्ट पारे ।
भरतपुर महानगरपालिका–१६ निर्वाचन परिचालन समितिद्वारा विजय नगरमा सोमवार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डको उक्त अभिव्यक्ति आएको हो ।
मिचिएको नेपाली भूभाग छिटो फिर्ता होस् ।



