
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले अध्यक्षद्वयको जिम्मेवारी बाँडफाँट गरेको छ । जसअनुसार पाँच वर्षलाई के पी ओली नै प्रधानमन्त्री रहनेछन् भने प्रचण्ड कार्यकारी अधिकार सहितको पार्टी अध्यक्ष रहने छन् ।
नयाँ जिम्मेवारी अनुसार ओलीले प्रधानमन्त्रीका रूपमा सरकारको नेतृत्व गर्दै सरकारकै काममा केन्द्रित हुनेछन् भने अर्का अध्यक्ष प्रचण्ड पार्टी सञ्चालनको जिम्मेवारीमा केन्द्रित रहने छन् ।
यस अघि भने पार्टी र सरकार दुवैको अधिकार ओलीले लिएका थिए । त्यसो हुँदा सहमति उल्लङ्घन भएको भनेर प्रचण्ड असन्तुष्ट बनेका थिए । दुवै अध्यक्षको वरीयता भने समान हुनेछ साथै एक अर्काको आपसी समझदारीमा निर्णय लिने बताइएको छ ।



