
बम विस्फोटका घाइतेलाई जिउँदै जलाएको अभियोग लागेका अवताफ आलमले प्रहरीलाई नै उल्टै धम्क्याएका छन् । प्रहरीले आफूसँग डकैतको व्यवहार गरेकोले पुरा जिल्लामा अशान्ति हुन्छ भन्दै धम्की दिएका हुन् ।
डीएसपी नवीन कार्की र एसपी भूपेन्द्र खत्रीलाई आफूलाई डकैतको शैलीमा पक्राउ गरेर ठुलो गल्ती गरेको आलमले आरोप लगाएका छन् । यही कारण जिल्लाभर अशान्ति हुने र त्यो अशान्तिको ती नै डिएसपी र एसपी जिम्मेवार हुने आलमले चर्को स्वरमा भनेका छन् । आलमले आफू छुटेपछि उनीहरूलाई नै हतकडी लगाएर जेल पठाउने भनी धम्कीपूर्ण भाषामा भनेका हुन् ।
असोज २६ गने पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा लैजाने क्रममा आलमले प्रहरीलाई उक्त धम्कीपूर्ण भाषा प्रयोग गरेका हुन् ।



