advertisement

माहाशाखाको विवरणअनुसार २४ घन्टामा गण्डकी प्रदेशको राजधानी पोखरामा सबैभन्दा धेरै वर्षा भएको छ। गत २४ घन्टाको विवरणअनुसार पोखरामा २५०.९ मिलिमिटर पानी परेको छ। मौसम पूर्वामानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार यो वर्ष हालसम्मको विवरणअनुसार पोखरामा धेरै वर्षा भएको छ।

‘हालसम्मको विवरणअनुसार पोखरामा धेरै वर्षा भएको छ, पोखरामा २५०.९ मिलिमिटर पानी पर्नु भनेको एकदम धेरै वर्षा भएको हो यो क्रम अझै बढ्ने देखिन्छ’ उनले भने, ‘गत सालहरूको तुलनामा कति वर्षा भयो भन्नको लागि अझै केही समय कुर्नुपर्छ यो वर्षको वर्षा भर्खरै सुरु भएको छ।’

यस्तै, पोखरापछि २४ घन्टामा सबैभन्दा धेरै वर्षा पाँच नम्बर प्रदेशको भैरहवामा परेको छ। भैरहवामा १३४.३ मिलिमिटर, यस्तै सिमरामा १२८.४ मिलिमिटर, यस्तै विराटनगरमा ३७.८ मिलिमिटर, नेपालगन्जमा ७६ मिलिमिटर पानी परेको छ।

तीन दिनसम्म वर्षा हुने अनुमान

माहाशाखाले अझै तीन दिनसम्म देशभर भारी वर्षा हुने हुँदा सतर्कता अपनाउनुपर्ने बताएको छ।

प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरूमा साथै बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशको एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ। मौसमविद् अर्यालले भने, ‘यो वर्षा अझै केही दिनसम्म नै रहन्छ।‘

तीन दिनसम्म देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माहाशाखाले जनाएको छ। वर्षापछि बाढी, पहिरो जाने, सडक तथा हवाई यातायात सेवा प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि विभागको अनुरोध छ।

" /> समाज Archives - Page 579 of 658 - Sarbocha Media

समाज

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए