
पार्टी एकता जोगिने स्थिति नभएपछि गौतमले आफ्नो कित्ता स्पष्ट गर्न लागेका हुन्। सुरुदेखि नै गौतमले संसद विघटनका विषयमा ओलीको निरन्तर आलोचना गर्दै आएका छन्। राजनीतिक र वैचारिक रुपमा ओलीसँग असन्तुष्ट भएकाले गौतम प्रचण्ड–नेपालतिर जान सक्ने देखिएको हो।
ओलीले पटक–पटक सहमति गरे पनि कार्यान्वयन गर्न आलटाल गर्नै भएकाले गौतम प्रचण्ड–नेपाल कित्तामा उभिन सक्ने ती केन्द्रीय सदस्यले बताए। गौतमनिकट १४ केन्द्रीय सदस्य भए पनि उनीसँग भुपेन्द्रबहादुर थापा र हरिप्रसाद पराजुली दुई मात्रै छन्। गौतम कतै नखुलेपछि थापा र पराजुली दुवै पक्षको बैठकमा अनुपस्थित भएका छन्। गौतमनिकट अधिकांश केन्द्रीय सदस्य र सांसद प्रचण्ड–नेपालतिरै भएकाले उनलाई थप दबाब बढेको हो।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए