शुक्रवार दक्षिण पश्चिममा अवस्थित निम्रोज प्रान्तको राजधानी जारन्जमाथि लडाकुहरूले नियन्त्रण कायम गरेका थिए। तर अमनले सरकारी फौज अझै त्यस क्षेत्रमा रहेको उनीहरूले उक्त शहरलाई ’चाँडै’ पुनः नियन्त्रणमा लिने बताएका छन्।

२० वर्षको सैनिक कारबाहीपछि विदेशी फौजहरू फिर्ता हुन लाग्दा तालिबानहरूले अफगानिस्तानमा आफ्नो पकड मजबुत बनाउँदै लगेका छन्।

उत्तरमा कुन्दुज र दक्षिणमा लस्कर गामा पनि भीषण लडाइँ भइरहेका खबर छन्।देशका ग्रामीण इलाकाहरूमा कब्जा जमाउन सफल भएपछि हालैका हप्ताहरूमा तालिबानहरूले प्रमुख नगर र शहरहरूलाई निशाना बनाइरहेका छन्। सेबेरगान पूर्व अफगान उपराष्ट्रपति तथा युद्ध सर्दार अब्दुल रासिद दोस्तुमको गढ हो र उनका समर्थकहरूले उग्रवादी विरूद्धको लडाइँको नेतृत्व गरिरहेका छन्।

स्थानीय सञ्चारमाध्यमले अफगान फौजहरूलाई सहयोग गर्न १ सय ५० जना मानिसहरू उक्त शहरमा गएको जनाएका छन्।

तालिबानहरूले भीषण भिडन्तपश्चात् शुक्रवार गभर्नरको परिसरमा नियन्त्रण कायम गरेका थिए तर पछि अफगान फौजले त्यसलाई फर्काउन सफल भएको थियो। तर क्षेत्रीय परिषद्का प्रमुख बबुर इस्चीले उग्रवादीहरूले अहिले पनि लडाँइ चलिरहेको एउटा सैनिक शिविर बाहेक शहरका सम्पूर्ण क्षेत्र कब्जामा लिएको बताए।

अफगान रक्षा मन्त्रालयका प्रवक्ता अमनले विमानस्थलसहित अझै पनि सरकारी फौजहरूको बहुमत रहेको र सेबेरगान निकट भविष्यमा आतङ्कवादीहरूबाट अलग हुने बताएका छन्।

तालिबान अधिकारीहरूले उनीहरूले सेबेरगानस्थित एउटा कारागारलाई नियन्त्रणमा लिएको जनाएका छन्।सामाजिक सञ्जालमा राखिएको भिडिओमा सयौँ बन्दीहरू शहरको कारागारबाट बाहिर निस्किरहेको देख्न सकिन्छ।

हालैका हप्ताहरूमा तालिबानहरूले छिमेकी देशहरूसँगका महत्त्वपूर्ण सीमा नाका पनि कब्जा गरेका छन्। उक्त समूहले पाकिस्तानसँगको सीमा बन्द गरेको छ र तस्बिरमा दर्जनौँ अफगान नागरिक पाकिस्तानी क्षेत्रमा फसेको देख्न सकिन्छ।

खराब सुरक्षा अवस्थालाई ध्यान दिँदै संयुक्त राज्य अमेरिका र यूके सरकारले आफ्ना नागरिकलाई तुरुन्तै अफगानिस्तान छाड्न भनेका छन्।

" /> मुख्य समाचार Archives - Page 45 of 316 - Sarbocha Media

मुख्य समाचार

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए

1 43 44 45 46 47 316