
झडपमा कांग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ र नेता पूर्णबहादुर केसी घाइते भएको कांग्रेस जिल्ला सचिव खिलध्वज पन्थीले बताए । प्रहरीतर्फ प्रहरी निरीक्षक राजकुमार रावलसहित चार प्रहरी जवान घाइते भएको डीएसपी पन्तले बताए । सामान्य घाइते सबैको जिल्ला अस्पताल गुल्मीमै उपचार भइरहेको छ ।
सभापति श्रेष्ठले प्रहरी र प्रशासनले सत्ताको आडमा घटनामा संलग्नलाई उन्मुक्ति दिइरहेको आरोप लगाए । उनले सोमबार साँझसम्म कांग्रेस कार्यकर्ता कुटपिट गर्नेलाई पक्राउ नगरे चरणबद्ध आन्दोलन गर्ने बताए ।
रेसुंगा नगरपालिका–१२ को रानीपोखरी निमाविको विषयलाई लिएर कांग्रेसले प्रदर्शन गरेको थियो । रानीपोखरी निमाविको भवन कसले निर्माण गर्ने भन्ने विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबीचमा विवाद बढ्दै गएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत निर्माण भइरहेको भवनको विषयमा केही दिन अघि नेकपाका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको कांग्रेसको आरोप छ । कुटपिटपछि दुवै पक्षले कारबाहीको माग गर्दै आएका छन् ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए