काठमाडौं, २७ वैशाख । विश्वमा सबै भन्दा बढि कोरोना फैलिरहेको अमेरिकामा त्यहाँका उपराष्ट्रपति माइक पेन्सको एक जना प्रमुख सहयोगीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।छ ।
शुक्रबार उपराष्ट्रपति माइक पेन्सको प्रेस सेक्रेटरी केटी मिलरमा कोरोना पोजेटिभ भएको फेला परेका हो। अमेरिकामा अहिले सम्म १३ लाख भन्दा बढि पुगिसकेको छ भने ७८ हजार बढिले ज्यान गमाइसकेका छन् ।
एक दिन अगाडि बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पको सहयोगीलाई पनि कोरोना पुष्टि भएको थियो । हाल ह्वाइट हाउसले दैनिक रुपमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको कोरोना परीक्षण सुरु गर्न थालेको छ ।

अमेरिकाका कतिपय राज्यहरूले कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउन हटाउन अब शुरू गर्दैछन्।




