advertisement

त्यस्तै चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि कोरोना संक्रमितको संख्या ७५पुगेको छ । हालसम्म १६ जना निको भइसकेका छन्, भने ५९ जनामा भाइरस सक्रिय छ ।

" /> विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ४८ हजार २ सय ८२, संक्रमित ३५ लाख ६६ हजार ४ - Sarbocha Media

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ४८ हजार २ सय ८२, संक्रमित ३५ लाख ६६ हजार ४

`

     २०७७ वैशाख २२ गते ३:५३

काठमाडौं, २० वैशाख । विश्वभर महामारीको रुपमा फैलिरहेको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ४८ हजार २ सय ८२ पुगेको छ ।

वल्र्डोमिटर्स इन्फो डटको ताजा अपडेट अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ३५ लाख ६६ हजार ४ पुगिसकेको छ, भने ११ लाख ५४ हजर १४ जना निको भइसकेका छन् ।

यसैबीच, १४ लाख २ हजार २९६ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन्, भने २१ लाख ६३ हजार ७०८ वटा केसहरु एक्टिभ छन् ।

यो समाचार तयार गर्दासम्म संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण सबै भन्दा बढी ६८ हजार ५ सय ९८ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या ११ लाख ८८ हजार १२२ पुगेको छ । जसमध्ये १ लाख ७८हजार २ सय ६३ जना निको भइसकेका छन् ।

यसैबीच, इटालीमा ज्यान गुमाउनेको संख्या २८ हजार ८८४ पुगिसकेको छ, भने संक्रमितको संख्या २ लाख १० हजार ७१७ पुगेको छ । यसैबीच निको हुनेको संख्या ८१ हजार ६५४ पुगेको छ ।

कोरोना संक्रमणका कारण स्पेनमा २ लाख ४७ हजार १२२ जना कुल सङ्क्रमित भएका छन् भने, २५ हजार २ सय ६४ को ज्यान गएको छ । निको भएर फर्कनेहरुको संख्या १ लाख ४८ हजार ५सय ५४ पुगेको छ ।

फ्रान्समा १ लाख ६८ हजार ६९३ जना कुल सङ्क्रमित भएका छन् भने, २४ हजार ८ सय ९५ को ज्यान गएको छ । यसैबीच ५० हजार ७८४ निको भएर फर्किइएका छन् ।

यूकेमा पनि ज्यान गुमाउनेको संख्या २८ हजार ४४६ पुगेको छ, भने १ लाख ८६ हजार ५९९ जना संक्रमित छन् । इरानमा पनि ज्यान गुमाउनेको संख्या ६ हजार २०३ पुगेको छ । ९७ हजार ४२४ जना संक्रमितको संख्या पुगेको छ, जसमध्ये पनि ७८ हजार ४ सय २२ जना निको भइसकेका छन् ।

यसैबीच बेल्जियममा पनि ज्यान गुमाउनेको ७ हजार ८४४ पुगेको छ, भने संक्रमितको संख्या ४९ हजार ९०६ पुगेको छ, भने १२ हजार ३०९ जना निको भइसकेका छन् ।

त्यस्तै, जर्मनीमा पनि ज्यान गुमाउनेका संख्या ६ हजार ८६६ पुगेको छ । १ लाख ६५ हजार ६६४ संक्रमितको संख्या पुगेको छ, यसैबीच १ लाख ३० हजार ६ सय ६७ निको भइसकेका छन् ।

advertisement

त्यस्तै चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि कोरोना संक्रमितको संख्या ७५पुगेको छ । हालसम्म १६ जना निको भइसकेका छन्, भने ५९ जनामा भाइरस सक्रिय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?