काठमाडौं, ९ बैशाख । अमेरिकाकामा कोरोना भाइरसको संक्रमणको महामारीको कारण बन्द गरिएको अर्थतन्त्र फेरि खुला गर्न आह्वान गर्दै प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्।
प्रदर्शनकारीहरुले एरिजोना, कोलोर्याडो, मन्टाना तथा वाशिङ्गटन राज्यमा आइतबार प्रदर्शन गरिएको छ । त्योभन्दा अगाडि अन्य आधा दर्जन राज्यहरूमा पनि प्रदर्शन भएका थिए।

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४२ हजारभन्दा बढी पुगिसकेको छ । त्यस्तै संक्रमितको संख्या सात लाख बढी नाघेको छ ।




