advertisement

कोरोनाले सताएको अर्को देश हो बेलायत । अहिलेसम्म बेलायमा कोरोनाका कारणा १६ हजार ५०९ जनाको ज्यान गइसकेके छ । संक्रमितको संख्या भने १ लाख २४ हजार ७४३ पुगेको छ ।

कोरोनाको उद्गम स्थल चीन भने अहिले १ हजार ३ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजा १२३ को पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ७५८ जनामा कोरोनाको संक्रमण देखिएको छ । ज्यान जानेको संख्या ४ हजार ६३२ रहेका छन् ।

" /> विश्वमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार ४२३, संक्रमित २४ लाख ८१ हजार २६ - Sarbocha Media

विश्वमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार ४२३, संक्रमित २४ लाख ८१ हजार २६

`

     २०७७ वैशाख ०९ गते १:४२

काठमाडौं, ८ वैशाख । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार ४२३ पुगेको छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार संक्रमितको संख्या भने २४ लाख ८१ हजार २६ पुगेको छ । विश्वभर ५६ हजार ७६५ जनाको अवस्था गम्भिर रहेको छ भने ६ लाख भन्दा बढी निको भइसकेका छन् ।

अमेरिकामा कोरोना महामारी एकदम तीव्र गतिमा फैलिरहेको छ । आज बिहानसम्ममा अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख ९२ हजार ७५९ पुगिसकेको छ, भने ४२ हजार ५१४ जनाले ज्यान गुमाइसकेका छन् । ७२ हजार ३८९ जना निको भएको तथ्यांकमा उल्लेख छ । १३ हजार ९५१ जनाको अवस्था गम्भीर रहेको छ ।

अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४ हजार ११४ पुगेको छ । अहिलेसम्म त्यहाँ १ लाख ८१ हजार २२८ कोरोनाको संक्रमित भएका छन् । संक्रमितमध्ये ४८ हजार ८७७ पूर्णरूपमा निको भइसकेका छन् ।

कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । स्पेनमा इटालीमा भन्दा पनि बढी संक्रमित छन् । अहिलेसम्म स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख २१० पुगेको छ । स्पेनमा कोरोनाका कारण २० हजार ८५२ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ८० हजार ५८७ पूर्णरूपमा निको भएका छन् । अहिले त्यहाँ ९८ हजार ७७१ जनामा कोरोना सक्रिय रहेको छ । तीमध्ये ७ हजार ३७१ जनाको अवस्था भने गम्भीर रहेको छ ।

कोरोना संक्रमण हुने देशमा चीनभन्दा अगाडि जर्मनी, फ्रान्स र बेलायत पनि रहेको छ । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार ३८३ छ भने मृत्यु हुनेको संख्या २० हजार २६५पुगेको छ । अहिले त्यहाँ ९७ हजार ७०९ जनामा कोरोना संक्रिय रहेको छ । तीमध्ये ५ हजार ६८३ अवस्था भने गम्भीर रहेको छ ।

यता जर्मनीको अवस्था पनि उस्तै छ । अहिलेसम्म जर्मनीमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ४७ हजार ६५ नाघेको छ । मृत्यु हुनेको संख्या भने ४ हजार ८६२ पुगेको छ ।

अहिले जर्मनीमा संक्रमितमध्ये ९१ हजार ५०० भने पूर्णरुपमा निको भइसकेका छन् । चीनपछि सबैभन्दा बढी पूर्णरुपमा निको हुनेमा जर्मनी नै पर्छ ।

advertisement

कोरोनाले सताएको अर्को देश हो बेलायत । अहिलेसम्म बेलायमा कोरोनाका कारणा १६ हजार ५०९ जनाको ज्यान गइसकेके छ । संक्रमितको संख्या भने १ लाख २४ हजार ७४३ पुगेको छ ।

कोरोनाको उद्गम स्थल चीन भने अहिले १ हजार ३ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजा १२३ को पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ७५८ जनामा कोरोनाको संक्रमण देखिएको छ । ज्यान जानेको संख्या ४ हजार ६३२ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?