advertisement

स्वास्थ्य मन्त्रालले आइतबार पत्रकार सम्मेलनमार्फत भारतका ७ सय २० जिल्लामध्ये विभिन्न २३ प्रदेशका ५६ जिल्लामा विगत १४ दिनमा संक्रमण नदेखिएको जनाएको छ ।

संक्रमण उच्च देखिएपछि सोमबार मध्यरातदेखि लकडाउन खुला गर्ने यसअघिको घोषणा कार्यान्वयन गर्नेरनगर्नेमा अन्योल देखिएको छ ।

" /> भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै, पाँच सय ५९ जनाको मृत्यु - Sarbocha Media

भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै, पाँच सय ५९ जनाको मृत्यु

`

     २०७७ वैशाख ०८ गते १:४५

नयाँदिल्ली, ८ बैशाख । भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै १ हजार ३ सयभन्दा बढी संक्रमण देखिएको छ ।

योसँगै  भारतमा कुल संक्रमितको संख्या करिब १७ हजार ६१५ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये २ हजार ८ सयभन्दा बढी उपचारपछि निको भएका छन् भने पाँच सय ५९ जनाको मृत्यु भएको छ ।

कोरोनाको संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै भारतमा मार्च २४ देखि लगातार लकडाउन गरिएको छ । तर केही दिन संक्रमणको दर झन् बढेको छ ।

advertisement

स्वास्थ्य मन्त्रालले आइतबार पत्रकार सम्मेलनमार्फत भारतका ७ सय २० जिल्लामध्ये विभिन्न २३ प्रदेशका ५६ जिल्लामा विगत १४ दिनमा संक्रमण नदेखिएको जनाएको छ ।

संक्रमण उच्च देखिएपछि सोमबार मध्यरातदेखि लकडाउन खुला गर्ने यसअघिको घोषणा कार्यान्वयन गर्नेरनगर्नेमा अन्योल देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?