दिमाग बलियो बनाउने अति चाख लाग्दा र अत्यन्त शक्तिशाली १० पजलहरू अवश्य पढ्नुहोस्
१ April र March को बिचमा के देखिन्छ जुन दुवै महिनाको सुरु वा अन्तमा देख्न सकिँदैन ?
२ म मुख बिना बोल्छु अनि मेरो कान पनि छैन। म शरीर विहीन छु र हावामा तैरिँदै तिमीमा आइपुग्छु। म के हुँ ?
३ कुन अङ्ग्रेजी शब्द हो जसमा पहिलो अक्षरपछि लगातार तीन जोडी अक्षरहरू सँगै रहन्छन्?
४ त्यो कुन चिज हो जसको नाम भन्ने बित्तिकै त्यो चिज गायब हुन्छ ?
५ कुन वस्तुलाई भिजाउने उद्देश्यले सुकाइन्छ ?
६ Alphabet मा कति अक्षर छन्?
७ त्यो कुन कुरा हो जुन तपाईँको अधिनमा भएर पनि प्रायः अरूले प्रयोग गर्छन्?
८ पहिले मलाई खाऊ अनि तिमी खाइने छौ, भन म को हुँ?
९ तपाईँ दाहिने हातले पक्रन सक्नुहुन्छ तर देब्रे हातले कहिल्यै पक्रन सक्नु हुन्न, त्यो के हो?
१० सेलिब्रेटीहरू सधैँ कूल हुन्छन्, किन?
उत्तरहरूः
१ अक्षर ‘R’
२ ध्वनिको इको
३ Bookkeeper
४ मौनता
५ टावल
६ आठ वटा
७ तपाईँको नाम
८ बल्छी
९ देब्रे हात
१० उनीहरूका धेरै फ्यान हुन्छन् ।



