काठमाडौं, ०४ बैशाख । कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या १ लाख ३४ हजार ६१६ पुगेको छ । वल्र्डोमिटर्स डट इन्फोको ताजा अपडेट अनुसार विश्वभर संक्रमितको संख्या २० लाख ८३ हजार ३०४ जना पुगेको छ । हालसम्म ५ लाख १० हजार ३५० जना निको भइसकेका छन् । ५१ हजार १४२ जनाको अवस्था गम्भीर रहेको छ ।
संयुक्तराज्य अमेरिकामा ६ लाख ४४ हजार ८९ कुल सङ्क्रमित भएका छन् भने, २८ हजार ५२९ को ज्यान गइसकेको छ । यसैबीच ४८ हजार ७०८ निको भएर फर्किएका छन् । यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ ।
इटालीमा १ लाख ६५ हजार १५५कुल सङ्क्रमित भएका छन् भने, २१ हजार ६४५ को ज्यान गइसकेको छ । यसैबीच ३८ हजार ९२ जना निको भएर फर्किएका छन् ।
यता स्पेनमा १ लाख ८० हजार ६५९ कुल सङ्क्रमित भएका छन् भने, १८ हजार ८१२ जनाको ज्यान गइसकेको छ । यसैबीच ७० हजार ८५३ जना निको भएर फर्किएका छन् ।
फ्रान्समा १ लाख ४७ हजार ८६३ कुल सङ्क्रमित भएका छन् भने, १७ हजार १६७ को मृत्यु भएको छ । यसैबीच ३० हजार ९५३ निको भएर फर्किएका छन् ।
चीनमा ८२ हजार ३४१ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ३४२ को मृत्यु भएको छ । यसैबीच ७७ हजार ८९२ निको भएर फर्किएका छन् । इरानमा ७६ हजार ३८९ कुल सङ्क्रमित भएका छन् भने, ४ हजार ७७७ को मृत्यु भएको छ । यसैबीच ४९ हजार ९३३ निको भएर फर्किएका छन् ।

बेलायतमा ९८ हजार ४७६ कुल सङ्क्रमित भएका छन् भने, १२ हजार ८६८ को मृत्यु भएको छ । टर्किमा ६९ हजार ३९२मा संक्रमण देखिएको छ भने १ हजार ५१८ जनाको ज्यान गइसकेको छ । त्यस्तै ५ हजा ६७४जना निको भएर घर फर्किएका छन् ।
त्यस्तै, नेदरल्याण्डस्, जर्मनी, बेल्जियमलगायतका देशहरुमा पनि कोभिड १९ का कारण अहिलेसम्म हजारौंले ज्यान गुमाइसकेका छन् ।कोभिड १९ को संक्रमणबाट नेपाल पनि अछुतो छैन, हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगिसकेको छ । जसमध्ये उपचारपछि एक जना निको भइसकेका छन्, भने १५ जना उपचाररत छन् ।




