काठमाडौं, १८ चैत । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलेकोरोना कोरोना भाइरसको संक्रमणको महामारीविरुद्ध लड्न सक्ने क्षमता अमेरिकासंग पर्याप्त रहेको बताएका छन् ।
दुई सातामा उच्च विन्दुमा पुगेको कोरोना भाइरसको महामारीसंग जुझ्न अमेरिकामा निकै राम्रो अवस्था भएको ट्रम्पले बताएका हुन् । उनले अन्य राज्यहरूलाई भेन्टिलेटर र अरू स्वास्थ्य सामग्री पठाउन सकिने दाबी गरेका छन्। ह्वाइटहाउसमा सोमवार भएको पत्रकार सम्मेलनमा ट्रम्पले हाल अमेरिकाको कम्तीमा १० कम्पनीहरूले भेन्टिलेटरहरू बनाइरहेका छन्।

अहिलेसम्म आठ हजार एक सय भेन्टिलेटरहरू निर्माण गरेर पठाइसकिएको ट्रम्पले बताए । बीबीसीका अनुसार मिसिगनमा थप चार सय, न्यूजर्सीमा तीन सय, इलिनोइ र लुजिआना प्रत्येकमा १५० र कनेटिकटमा ५० को सङ्ख्यामा भेन्टिलेटर पठाइनेछ।

एक दिनअघि भने ट्रम्पले गभर्नरहरूलाई महत्त्वपूर्ण स्वास्थ्य उपकरणहरू लुकाएर राखेको आरोप लगाएका थिए। अमेरिकामा कोरोनाले तीव्र गति लिइरहेको छ । मंगलबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३ हजार एक सय ५६ पुगेको छ भने संक्रमितको संख्या एक लाख ६३ हजार पुगेको छ । अमेकिारमा करिब ५ हजार ५ सय जना निको भएका छन् ।




