एजेन्स, १७ चैत। कोरोना भाइरस अर्थात कोभिड– १९ बाट जापानका एक चर्चित कमेडियनको ज्यान गएको छ ।
७० वर्षीय जापानी कमेडियनकेन शिमुराको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।
शिमुरामा निमोनिया पनि भएको थियो ।
मार्च २० मा अस्पताल भर्ना भएका शिमुरा मार्च २३ मा उनको स्वास्थ्य परीक्षण गर्दा निमोनियाले ग्रस्त र कोरोना भाइरस पोजिटिभ देखिएको थियो।

सन् १९७० को दशकबाट आफ्नो कलाकारिता सुरु गरेका शिमुरा जापानका सबैभन्दा बढी चर्चित कमेडियनमध्येका एक हुन।




