advertisement

सुरुवातमा इपिसेन्टर रहेको चीनमा आइतबार ३१ नयाँ संक्रमित थपिएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले जनाएको छ। तीमध्ये ३० जना अन्य देशबाट आएका यात्रुमा देखिएको राष्ट्रिय स्वास्थ्य आयोग चीनले बताएको छ। त्यस्तै ३ हजार ३०४ जनाको ज्यान गइसकेको छ।

" /> कोरोना भाइरसबाट ज्यान जानेको संख्या ३३ हजार नाघ्यो, संक्रमितको संख्या ७ लाख २२हजार ८८ - Sarbocha Media

कोरोना भाइरसबाट ज्यान जानेको संख्या ३३ हजार नाघ्यो, संक्रमितको संख्या ७ लाख २२हजार ८८

`

     २०७६ चैत्र १७ गते ३:२३

काठमडौं, १७ चैत । कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमितको संख्या ७ लाख नाघेको छ । वल्र्डाेमिर्टस इन्फोका अनुसार संक्रमितको संख्या ७ लाख २२हजार ८८ पुगेको छ भने ज्यान जानेको संख्या भने ३३ हजार ९ सय ७६ पुगेको छ ।

ज्यान गुमाउने संख्या इटालीमा सबभन्दा बढी छ। इटालीमा सोमबार बिहानसम्ममा १० हजार ७७९ ले ज्यान गुमाइसकेका छन्। यस्तै सपेनमा ६ हजार ८०३ को ज्यान गएको छ। अमेरिकामा संक्रमण तीव्र रूपमा फैलिरहेको छ। हालसम्म त्यहाँ १ लाख ४२ हजार ७० जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ हजार ४८४ ले ज्यान गुमाइसकेका छन्।

advertisement

सुरुवातमा इपिसेन्टर रहेको चीनमा आइतबार ३१ नयाँ संक्रमित थपिएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले जनाएको छ। तीमध्ये ३० जना अन्य देशबाट आएका यात्रुमा देखिएको राष्ट्रिय स्वास्थ्य आयोग चीनले बताएको छ। त्यस्तै ३ हजार ३०४ जनाको ज्यान गइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?