प्रधानमन्त्री शाहलाई टर्कीका राष्ट्रपतिको निम्तो

`

     २०८३ श्रावण २७ गते ४:२०

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा निमन्त्रणा गरिएको छ । कोपमा सहभागी हुन प्रधानमन्त्री शाहलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले निमन्त्रणा पठाएका हुन् ।

बुधवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले कोप–३१ मा सहभागि हुन प्रधानमन्त्री शाहलाई निमन्त्रणा प्राप्त भएको बताए ।

कोप-३१ सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा हुँदै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?