पोखरामा ग्यास अभाव कायमै

`

     २०८३ श्रावण २७ गते ११:५२

काठमाडौँ, साउन २७ । विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा साउनको पहिलो सातादेखि सुरु भएको खाना पकाउने एलपी ग्यासको अभाव अझै सहज हुनसकेको छैन ।

ग्यासका लागि कतिपय उपभोक्ता लामो समयदेखि पर्खाइमा छन् भने कतिपयले लाइनमा बस्दासमेत नपाएको गुनासो गरिरहेका छन् । अर्कातर्फ ग्यास कम्पनीहरूले भने विगतका वर्षकोे परिमाणमभन्दा बढी ग्यास आपूर्ति भइरहेको दाबी गरेका छन् ।

ती कम्पनीले उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण गरेकाले बजारमा अभाव देखिएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?