काठमाडौं, १२ चैत । कोरोना भाइरस अर्थात कोभिड –१९ बाट बचाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले भारतलाई पूरै लकडाउन गरेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो राति ८ बजे मंगलाबा देशको नाममा सम्बोधन गर्दै रातको १२ बजेदेखि भारतलाई पूर्णरुपमा लकडाउन गर्ने घोषणा गरेका हुन् ।
सम्बोधनको क्रममा प्रधानमन्त्री मोदीले रातको १२ बजेबाट घर बाहिर निस्कन पूरै प्रतिबन्ध लगाएको बताए। उनले भने ‘हिन्दुस्तानका हरेक नागरिलाई कोरोना भाइरसबाट बचाउनका लागि रातको १२ बजेबाट घर भन्दा बाहिर निस्कन पूरै देशमा प्रतिबन्ध लगाएको हो ।’ उनले भने ‘घरमा बस्नुहोस् घरमा बस्नुहोस् र एउटै काम गर्नुहोस् की आफ्नो घरमा बस्नुहोस् ।’

लकडाउनको समयमा देशले ठूलो आर्थिक भार झेल्नु परेपनि पहिलो प्राथमिकता भने देशका सबै नागरिकलाई बचाउनु रहेको प्रधानमन्त्री मोदीको भनाइ रहेको छ । उनले सरकारको यो प्रयासलाई एकदमै गम्भीरतापूर्वक लिन जनतालाई आग्रह गरेका छन् ।




